Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दशैँअघि नै कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन

    दशैँअघि नै कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई निर्देशन दिएको छ ।

    मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई निर्देशन दिएको हो।



    समितिका सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।



    यस्तै, शिक्षा मन्त्रालय पनि कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी रहेको बताएको छ। शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए।

    गत साउन ३१ देखि हुन भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार