Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नायिका करिश्मा मानन्धर कक्षा १२ मा उत्तीर्ण, दुई विषयमा ल्याइन ‘ए’ प्लस

    नायिका करिश्मा मानन्धर कक्षा १२ मा उत्तीर्ण, दुई विषयमा ल्याइन ‘ए’ प्लस

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नायिका मानन्धर २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।



    किटनी कलेज गोदावरीमा अंग्रेजी बिषयमा अध्ययन गरेकी नायिका मानन्धरले परीक्षाका बेला आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परीक्षाको बारेमा जानकारी लिएको बताएकी थिइन्।



    परीक्षा गत भदौं ३० गतेदेखि सुरु भएर असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी भएका थिए।

    उत्रीणपछि नायिका मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छिन् । यद्यपि उनले कहाँ र कुन बिषयमा पढ्नेबारे केही खुलाईनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार