Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविन्द्र मिश्रले विवेकशीललाई मृत्यु शैय्यामा पुर्याएकाे भन्दै १२ नेताले गरे पार्टी छाडेको घोषणा

कास्की । पछिल्लो समय विवेकशील साझा पार्टीमा पनि विवाद सिर्जना भएको छ।

पार्टी अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीचको राजनीतिक असमझदारीले गर्दा अन्तत फुटको संघारमा रहेको विवेकशीलका १२ नेताले पार्टी छाडेको घोषणा गरेका छन्।

आइतबार गण्डकी प्रदेशका १२ जना नेताले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरुले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप समेत लगाएका छन् ।

पार्टी छाडेको घोषणा गर्नेहरुमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गाना रहेका छन्।

‘दुई वैकल्पिक पार्टी एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशामा दिन सकेन,' विज्ञप्तिमा भनिएको छ, ' द्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरू नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुदैनौं।‘

यस्तै विज्ञप्तिमार्फत नै उनीहरुले वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पुर्याएकाे हाम्रो ठहर समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077