Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरीद्वारा विभिन्न स्थानको गाँजा खेती नष्ट

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१४ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी–१४ को कामिटार, मटरखोला, हात्तिसुँडे, तोरीबारी, मटरदोभन र ब्रह्मस्थानमा स्थानीयवासीले लगाएको अवैध गाँजा खेती आज प्रहरीले नष्ट गरेको हो ।

ती स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाका आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले छ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं. हेडक्वार्टर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीको टोलीले सो क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077