Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • विश्वकपको उपाधिका लागि अष्ट्रेलियालाई न्युजिल्याण्डको १ सय ७३ रनको लक्ष्य

    विश्वकपको उपाधिका लागि अष्ट्रेलियालाई न्युजिल्याण्डको १ सय ७३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । आइसिसि टी–२० विश्वकपको उपाधिका लागि न्युजिल्याण्डले अस्ट्रेलियालाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

    कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो। विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए।



    अस्ट्रेलियका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि २६ रन खर्चदै १ विकेट लिए। दुवै टोली पहिलो टी–२० विश्वकप उपाधि जित्ने दाउमा रहेका छन्। अस्ट्रेलिया दोस्रोपटक फाइनलमा पुगेको हो भने न्युजिल्याण्ड पहिलोपटक फाइनल खेलेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार