Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • हवाई आक्रमणमा १८६ हुथी विद्रोही मारिए

    हवाई आक्रमणमा १८६ हुथी विद्रोही मारिए

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ ।

    एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन् ।



    साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीहरुलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिक रुपमा गरेका हवाई आक्रमणमा उच्च संख्यामा विद्रोहीहरु मारिदै आएका सरकारी स्रोतले जानकारी दिएको छ ।



    केही समययताबाट दैनिक रुपमा साउदी नेतृत्वको गठबन्धनले शुरु गरेको हवाई आक्रमणहरुमा तीन हजार भन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । तर इरान समर्थित हुथीहरूले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका पनि समाचारमा जनाइएको छ ।

    यद्यपी एएफपीले गठबन्धनको विद्रोहीहरु मृतकहरुको तथ्याङ्कलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन् । गत शुक्रबार विद्रोहीहरूले होडेडाको दक्षिणमा रहेको एउटा ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

    साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार