Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन, जलवायु परिवर्तन बढ्दो समस्या

    पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन, जलवायु परिवर्तन बढ्दो समस्या

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 537
    SHARES

    एजेन्सी । द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । पानी अभावका कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई पानीको जोहो गर्नुपर्ने बाध्यता बनेको छ ।

    यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको थियो ।



    युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको छ । युद्धका कारण महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ ।



    संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार