Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यमनको मारिब वरपर ८५ विद्रोही मारिए

    यमनको मारिब वरपर ८५ विद्रोही मारिए

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 933
    SHARES

    एजेन्सी । यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक शहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

    साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र शहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् ।



    इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनैतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।



    यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालिन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा उनका अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिएपनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

    पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार