Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यमनमा अल–कायदा लडाकु र सेनाबीच गोली हानाहान, १६ जनाको मृत्यु

    यमनमा अल–कायदा लडाकु र सेनाबीच गोली हानाहान, १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 918
    SHARES

    एजेन्सी । दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको छ ।

    अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीहरूले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको हो ।



    उक्त घटनामा अन्य थुप्रै सैनिकहरू पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।



    स्रोतका अनुसार आक्रमणको करिब एक घण्टापछि स्थानीय सुरक्षा फौजले उक्त क्षेत्रमा आतङ्कारीहरूलाई नष्ट गर्न क्लियरेन्स अपरेशन सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार