Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाकिस्तानी र अफगानी सेनाबीच भिडन्त, एक जनाको मृत्यु

    पाकिस्तानी र अफगानी सेनाबीच भिडन्त, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 930
    SHARES

    एजेन्सी । पाकिस्तान र अफगानिस्तान सीमामा गोली हानाहान भएको छ । पाकिस्तानी अधिकारीकाअनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका हुन् ।

    गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अफगान सैनिक दक्षिणपश्चिममा रहेको चमन बोर्डर नजिक असैनिक इलाकामा गोली चलाएका थिए । सोपछि सीमा क्षेत्रमा रहेको केही गाउँ उनीहरुले खाली गराएका थिए ।



    सञ्चारमाध्यमका अनुसार त्यहाँका अस्पताल र क्षेत्रलाई सचेत गराउने काम भएको छ । यसअघि पाकिस्तान र अफगान सैनिकबीच भएको झडपमा ६ जनाको ज्यान गएको थियो ।



    तालिवान सैनिकले पहिले पाकिस्तानी सैनिक जवानले गोली चलाएको बताएको छ । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ताका पहल भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार