Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

    बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 918
    SHARES

    धनुषा । बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरी बीच दोहोरो गोली हानाहान भएको हो।

    सोमबार राति ११:४० बजेको समयमा गणेशमान चारनाथ नगरपालिका पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।



    चारनाथ खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो।



    प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरेको छ। अन्य समूहका व्यक्तिहरू भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका-५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार