Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सर्बिया विश्वकपमा छनोट, पोर्चुगलको सपना चकनाचुर

एजेन्सी । सर्बिया फिफा विश्वकप २०२२ मा छनोट भएको छ। युरोप छनोटको समूह एको खेलमा आइतबार रात पोर्चुगललाई हराउँदै सर्बियाले कतारको टिकट पक्का गरेको हो।

फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै गरेपछि पोर्चुगल २–१ गोलले हारेको हो। पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो।

खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे। बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगलको सपना चकनाचुर पारे।

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो। अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ।

पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ। पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077