Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेपछि भारतीय मिडियाहरुमा भुइचालो गएको छ।

ऐतिहासिक प्रस्ताव पारितसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा चित्रण गरिएको छ। तर, भारतीय मिडियाहरुले भने ऐतिहासिक प्रस्ताव पारितसँगै चीन अब प्रजातान्त्रिक मुलुक नभएको रिपोर्ट नै प्रसारण गर्न थालेका छन्।

भारतीय मिडिया आजतकले रिपोर्ट प्रसारण गर्दै भनेको छ, 'विगत दशकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रबाट नयाँ नेतृत्व जन्मिए पनि अहिले सी जिनपिङको कार्यकालमा यो स्वतन्त्रता पनि खोसिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १९औँ केन्द्रीय समितिको छैटौं अधिवेशनमा एक किसिमले चिनियाँ कम्युनिष्ट पार्टीको लगाम आजीवन सी जिनपिङलाई सुम्पेको छ ।

यसबाट सी जिनपिङलाई सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङ र चीनमा आर्थिक सुधारको पहल गर्ने देङ सियाओपिङभन्दा बराबर वा अझ शक्तिशाली बनाइएको छ ।

सी जिनपिङलाई दिइएको असीमित शक्तिले चीन र चीन भित्र पनि क्षेत्रीय र विश्वव्यापी समीकरणमा परिवर्तन ल्याउन सक्छ। यो विश्वका लागि चिन्ताको विषय हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077