Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज पनि 'चोरबाटो'बाटै सर्वोच्च छिरे चोलेन्द्र, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च आदलतको मूल गेटमै धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेट (चोरबाटो) प्रयोग गरेर अदालत प्रवेश गरेका छन्।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश जबरा कडा सुरक्षाबीच सर्वोच्च छिरेका हुन् । जबरा गत शुक्रबार र हिजो आइतबार पनि चोरबाटोमार्फत नै सर्वोच्च छिरेका थिए।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले घोषणा गरेको छ। तर,जबराले भने राजीनामा नदिने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077