Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मबेसिर हुसेन मियाँ हत्या प्रकरण: आरोपित पाँच पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।

प्रहरीले मबेसिर हुसेनको शव कात्तिक २६ गते महम्मद सद्दामको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र फेला पारेको थियो।

पक्राउ परेकाहरुले दिएको बयान र प्रहरी अनुसन्धानको आधारमा उनीहरुले व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायतका चिजबस्तुहरु समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थपको अनमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077