Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रविरुद्धको आन्दोलन प्रति मुख खोल्यो चिकित्सक संघले

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा उत्पन्न समस्या हल गरेर तत्काल सेवा प्रवाह सुचारु गर्न सरकारसँग माग समेत गरेको छ ।

कानूनी राज्य र विधिको शासन लागू गर्ने अदालतको गरिमा जोगाउन सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरेर समस्याको यथाशीघ्र समाधान निकालेर अदालत सुचारु गर्न माग गरेको हो ।

‘नेपालको इतिहासमा न्यामूर्तिको रुपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भई देशभरका सम्पूर्ण कानून व्यवसायीहरू आन्दोलित भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै आन्दोलनका कारण कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको नेपाल चिकित्सक संघले ठहर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077