Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओभरस्पिडमा हुँइक्किएको विद्युत प्राधिकरणको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० मुसहर्नियास्थित लोकमार्गमा विद्युत प्राधिकरणको गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ओभर स्पिडका हुँइक्किएको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।

गाडीको ठक्करबाट घाइते भएका धनगढीमाई नगरपालिका–१० बस्ने किसनबहादुर तामाङका ११ वर्षीय छोरा नरेशबहादुर तामाङलाई उपचारको लागि लाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

त्यस्तै उक्त दुर्घटनामा सोही गाडीमा रहेका नेपाल विद्युत प्राधिकरण हेटौडा, भरतपुर बर्दघाट २२० के.भी. प्रसारण लाइनका आयोजना प्रमुख नरेश कुमार खड्का घाइते भएका छन्। घाइते प्रमुखको छातीमा चोट लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077