Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जो बाइडेन र सी जिनपिङबीच वार्ता, विवादित मुद्धाहरुमा के भयो सहमति ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बहुप्रतिक्षित भर्चुअल बैठकमा कुरा गरिरहेका छन्।

उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्। दुवै नेताले दुई देशबीच वार्ता गर्नुपर्ने विषयलाई जोड दिए।

वार्तामा बाइडेनले मानवअधिकार र इन्डो–प्यासिफिकको मुद्दा पनि उठाएका थिए। सोही क्रममा चिनियाँ राष्ट्रपतिले दुई देशले एकअर्कालाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिनुपर्ने बताएका हुन्।

चिनियाँ राष्ट्रपतिले ‘पुरानो साथी’ बाइडेनलाई देखेर आफू खुसी भएको पनि बताए। दुई नेताबीचको यो तेस्रो कुराकानी हो। शुक्रबार ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा दुई नेताले चीन र संयुक्त राज्य अमेरिकाबीच चलिरहेको प्रतिस्पर्धाको व्यवस्थापनका साथै साझा हितमा मिलेर काम गर्नेबारे छलफल गर्ने बताएको थियो।

उक्त बैठकमा सी चिनफिङले दुई देशबीच वार्ता बढाउनु पर्ने र चुनौतीको सामना सँगै गर्नुपर्ने बताएका छन्। हालैका महिनाहरूमा ताइवानलगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूमा चीन र अमेरिकाबीच तनाव बढेको छ।

सि जिनपिङले सारा विश्व कोभिड महामारी र जलवायु परिवर्तनको संकटको चपेटामा परेकाले दुई देशबीचको सम्बन्ध ट्रयाकमा रहनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ विगत दुई वर्षदेखि चीनबाट बाहिरिएका छैनन्। उनी जी–२० शिखर सम्मेलनमा पनि सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077