Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राजेन्द्र महतोले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

वीरगन्ज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् ।

मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलनको आरोप लागेको भन्दै तत्काल राजीनामा दिनुपर्ने सुझाए ।

पछिल्लो समय न्यायालयमा भएको विवादमा राजनीतिक दलहरु मौन बस्दै आएका बेला नेता महतोले भने सर्वोच्च अदालतमा भइरहेको आन्दोलनको जिम्मा पनि प्रधानन्यायाधीश जबराले लिनुपर्ने बताए।

न्यायालयको गरिमा बचाउन पनि तत्काल जबराले राजीनामा दिनुपर्ने उनको भनाइ छ।


मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै  बार एशोसिएशनले गत कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077