Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शहिदगेट-सुन्धारा सडकबाट विप्लवका कार्यकर्ताहरु पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती बन्द गराउँदै हिड्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गरेको छ।

मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज मंगलबार देशभर नेपाल बन्दको आह्वान गरेको थियो ।

यसैबीच, प्रहरीले काठमाडौंको शहिदगेट-सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने केही कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्न खोजेका थिए।

बन्दका कारण आज बिहानैदेखि बन्दकर्ताहरु सडकमा थिए भने उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरु समत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छन् भने छोटा दूरीका सवारी साधन फाट्ट फुट्ट चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077