Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रोनाल्डोले हार मानेका छैनन्, यस्तो अवस्थामा पोर्चुगलले खेल्नेछ विश्वकप

एजेन्सी । पोर्चुगल फिफा विश्वकप २०२२ मा सिधै छनोट हुन सकेन। युरोप छनोटको समूह ए को शीर्षस्थानमा पर्न नसक्दा पोर्चुगल कठिन मोडमा पुगेको हो।

विश्व फुटबलप्रेमीलाई उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वकप खेल्न नपाउने हुन् कि भन्ने चिन्ताले सताएको छ। पोर्चुगलको भन्दा रोनाल्डोको विषयमा धेरै फुटबलप्रेमीले आफ्नो प्रतिक्रिया दिइरहेका छन्।

रोनाल्डोका लागि अन्तिम ठानिएको यो विश्वकप उनीबिना खल्लो हुने धेरैको अनुमान छ। तर पोर्चुगल विश्वकपमा छनोट हुने सम्भावना नै सकिएको भने होइन।

प्ले अफ खेलमा राम्रो प्रदर्शन गर्न सकेमा पोर्चुगलले कतारको टिकट पक्का गर्नेछ। युरोपका १० समूहको दोस्रो स्थानमा रहेका १० देशहरु र नेशन्सु लिगको वरियता अनुसारका २ टोली गरी १२ टोलीले प्ले अफ खेल्नेछन्।

१२ टोलीमध्ये ३ टोलीले मात्र विश्वकपमा स्थान पक्का गर्नेछ। १२ टोलीलाई शुरुमा ४–४ टोलीको तीन समूहमा विभाजित गरिनेछ। प्रत्येक समूहको ४ टोलीभित्र नै सेमिफाइनल र फाइनल गरी दुई चरणका खेलहरु हुनेछ।

यस हिसाबमा पोर्चुगलले २ खेल खेल्नेछ र ती दुबै खेलहरु जित्नुपर्नेछ। प्रत्येक समूहमा २ खेल खेल्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077