Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, एमसीसी फेरि केन्द्रमा

काठमाडौं । एमसीसी कार्यान्वयन अघि बढाउने विषयमा छलफल गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन्। उनी आज नेपाल भ्रमणमा आउन लागेका हुन्।

लुले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने बताइएको छ। एमसीसीलाई केन्द्रमा राखेर उनले नेपाली नेताहरुसँग छलफल गर्ने छन्। सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन।

यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी थिइन्। उनले प्रधानमन्त्रीसहति नेपालका शीर्ष नेताहरुसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077