जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु धरौटीमा छुटेका छन् ।
गत कार्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका राउतको पार्टीका कार्यकर्ताले इञ्जिनियर कुशवाहले लगाएको कपडा च्यातेर, शरीरमा हिलो छ्यापेर अर्धनग्न पारी बजार घुमाएमा थिए।
[insert page='93067' display='yopanipadhnuhos.php']
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा प्रहरीले १७ जनालाई पक्राउ गरी अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो। प्रहरीका अनुसार जिल्ला अदालत धनुषाको आदेशमा पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा छुटेको हुन्।
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवलगायतका नेता तथा कार्यकर्ताहरु रहेका थिए।