Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

    भारतमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको सोमबार हत्या भएको छ।

    भारतीय संचार माध्यमका अनुसार मारिनेहरुमा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ रहेकी छिन्।



    संचारमाध्यममा जनाइए अनुसार उनीहरुको शव उनीहरुले कम गर्ने घरमै भेटिएको हो । उनीहरुको शव मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएको अवस्थामा फेला परेपछि प्रहरीले हत्याको अनुमान लगाएको हो।



    प्रहरीले अनुसन्धानका क्रममा शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको जनाएको छ।

    यस बिषयमा दिल्ली पुलिसले थप अनुसन्धान गरिरहेको संचारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार