Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्यायालयको गरिमाको रक्षा गर्न प्रधानन्यायाधीश राणालाई पत्रकार महासंघको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघले न्यायालयको गरिमाको रक्षा गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेको छ ।

बुधबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो । महासंघले प्रधानन्यायाधीश जबराको नाम भने विज्ञप्तिमा उल्लेख गरेको छैन।

‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ,' महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

'मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ', बिज्ञप्तिमा भनिएको छ, 'महासंघ संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल गर्दछ ।

यस्तै, महासंघले सर्वोच्च अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै बारले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय भएको भन्दै आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्‍याउन आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077