Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रञ्जन कोइराला प्रकरणमा शम्भु थापाको प्रश्न- जन्मकैदको फैसला साढे ८ वर्ष हुन्छ भन्ने कस्तो प्रधानन्यायाधीश ?

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको फैसलाप्रति प्रश्न उठाएका छन्।

बुधबार बार प्रांगणमा वरिष्ठ अधिवक्ता थापाले रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीश जबराको फैसलाको आलोचना गरेका हुन् ।

'जन्मकैदको फैसला साढे ८ वर्ष हुन्छ भन्ने कस्तो प्रधानन्यायाधीश ? उनले प्रस्न गरे। थापाले अघि भने ए'उटा न्यायाधीशले भन्दियोस् हामी उहाँलाई आजिवन प्रधानन्यायाधीश मान्न तयार छौं।'

अध्वकता थापाले यो आन्दोलन नभएको तर्क गरे । 'यो आन्दोलन होइन, न्यायको शुद्विकरणको अभियान हो । आन्दोलन गर्न १०/२० ट्रक त के काठमाडौंमा सारा जनता ल्याउँछौं । यदि सडक बाहिर जाने अवस्था आयो भने,' उनले भने ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077