Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता पौडेल जबरालाई महाभियोग लगाउनुपर्ने पक्षमा !

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले न्यायालयको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

सिन्धुलीमाडीमा बुधबार बोल्दै पौडेलले अदालतको विवाद लम्बिँदै गएको अवस्थामा टुलुटुलु हेरेर बस्न नहुने बताएका छन्। सर्वोच्चको मियो प्रधानन्यायाधीशले भित्रबाटै समस्या समाधान गर्न नसके महाभियोगको अवस्थासम्म जानुपर्ने दिन टाढा नरहेको उनले बताए।

‘न्याय दिने निकायमै सधैँ लडाइँ झगडा भइरहेको टुलुटुलु हेरेर बस्न सकिँदैन,’ उनले भने, ‘एक महिनाभित्र समस्या समाधान नभए संविधान अनुसार महाभियोग दर्ता गर्नुपर्ने अवस्था आउँछ। अबको एक महिनासम्म पनि बेञ्च नचलेमा टुलुटुलु हेरेर बस्न सकिँदैन।’

अदालत विवादबारे कांग्रेस चुप लागेर बसेको र एमाले लगायत दलहरू हेरेर बसेको उनको गुनासो थियो। तर कांग्रेसले संस्थागत निर्णय नगरेकोमा नेता पौडेलले आपत्ति जनाएका छन्।

प्रधानन्यायाधीशले नै समस्या समाधानका लागि मार्ग प्रशस्त गर्नुपर्ने नेता पौडेलको भनाइ छ। न्यायपालिकाको विवाद समयमै मिलाउन नसके व्यवस्थामाथि खतरा उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। यस्तो अवस्था महाभियोग लगाउनुपर्ने अवस्था आएमा पनि पछि हट्न नहुने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077