Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फाइजर खोप केन्द्रको अवलोकन गर्न टिचिङ पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    फाइजर खोप केन्द्रको अवलोकन गर्न टिचिङ पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फाइजर खोप केन्द्रको अवलोकन गरेका छन् ।

    तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले आज बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् ।



    खोपकेन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी लगायत पनि सहभागी थिए ।



    अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक ८ गते काठमाडौं आइपुगेको थियो ।

    गत आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप दिन थालिएको हो । यो अभियान ४ मंसिरसम्म जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, नेपाल भ्रमणमा रहेका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी हुने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार