Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

को हुन् ती जसले चोलेन्द्रविरुद्ध आन्दोलन गर्ने वकिलहरुलाई पिट्ने धम्की दिए ?

काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र केही अपरिचित व्यक्तिहरु प्रवेश गरेर आन्दोलनरत न्यायाधीशहरुलाई अश्लील शब्दको प्रयोग गर्दै पिट्ने धम्की दिएका छन् ।

सामाजिक सञ्जालहरुमा भाइरल बनेको सो भिडियोमा पहेंलो टी–सर्ट लगाएका एक व्यक्ति अश्लील शब्द प्रयोग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई गाली गर्दै थिए। त्यही बेला नीलो सर्ट र कालो छालाको ज्याकेट लगाएका अरु दुई जना पनि कानून व्यवसायीहरुविरुद्ध बोल्न थाले ।

बार परिसरभित्र छिरेका उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान भन्दै धम्की दिएका थिए ।

उनीहरु मध्धे एकले त आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।


अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि उनीहरु बाहिरिएका थिए ।

अपशब्द बोल्दै वकिलहरुलाई थर्काउने र धम्की दिने उनीहरु को हुन् एकीन भइसकेको छैन तर कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077