Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले र वाटफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ः४५ बजे शुरु हुनेछ।

हाल युनाइटेड ११ खेलबाट २० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। वाटफोर्ड रेलिगेशन जोनभन्दा एकस्थान माथि रहेको छ। उसले समान खेलबाट १० अंक जोडेको छ।

हाल प्रिमियर लिगको शीर्षस्थानमा चेल्सी रहेको छ। चेल्सीले समान खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। वेस्ट ह्याम पनि समान २३ अंकका साथ तेस्रो स्थानमा छ।

युनाइटेड र वाटफोर्डबीच हालसम्म ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २४ खेलमा युनाइटेड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएको छ भने ६ खेल वाटफोर्डले जितेको छ।

लिग शुरु हुँदा उपाधि दाबेदार मानिएको युनाइटेड केही कमजोर देखिएको छ। लिगमा अब हुने खेलहरु उसका लागि निकै महत्त्वपूर्ण हुनेछन्।

हरेक खेलमा टोलीमा मुख्य स्ट्राइकरमाथि दबाब हुने गर्छ। युनाइटेडको हकमा यो दबाब अब क्रिस्टियानो रोनाल्डोलाई हुनेछ। उनीमाथि समर्थकहरुको अपेक्षा छ, आशा छ। यसो त आण्«ाइकरमाथि दबाब हुने गर्छ। युनाइटेडको हकमा यो दबाब अब क्रिस्टियानो रोनाल्डोलाई हुनेछ।

उनीमाथि समर्थकहरुको अपेक्षा छ, आशा छ। यसो त पोर्चुगल सिधै विश्वकपमा लागि छनोट हुन नसक्दा उनी तनावमा छन्। क्लबको अवस्था पनि सन्तोषजनक छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077