Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माइतीघरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, चालक पक्राउ

काठमाडौँ । काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार रहेका थिए ।

शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पतालमा मृत्यु भएको महाशाखाले जनाएको छ।

दुर्घटनापश्चात् मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077