Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नियमित सरुवाको समयमा १८ जना इन्स्पेक्टरहरुको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा गरेको छ ।

काज सरुवामा आकर्षक पोष्टिङमानिएका प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र बूढानीलकण्ठ तथा धादिङको खानीखोलामा पनि काज सरुवामार्फत इन्सपेक्टर फेरिएका छन् ।

त्यसो त गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीका अधिकांश इन्सपेक्टर फेरिएका छन् । प्रहरी नियमावली, २०७१ ले विशेष परिस्थितिबाहेकका अवस्थामा सामान्यतया काज सरुवा गर्न निषेध गरेको छ ।

तर, शक्तिकेन्द्र रिझाउन प्रहरी प्रधान कार्यालय, नक्सालले पहुँचवाला प्रहरी निरीक्षकहरुलाई नियमित सरुवा अगावै आकर्षक ठाउँमा पोष्टिङ सुरक्षित गराउन काज सरुवा गर्दै आएको प्रहरीहरु नै स्वीकार्छन् ।

काज सरुवामा आकर्षक र संवेदनशील स्थान मानिएको बुढानिलकण्ठमा अनिल ठकुरीलाई पठाइएको छ भने धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा अपूर्व ढुंगानाको सरुवा भएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय रुपन्देहीमा नवीन कुमार थापा, इलाका प्रहरी कार्यालय लुम्बिनीमा युवराजंग कार्की तथा इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीमा राजाराम यादवको सरुवा भएको छ ।

रुपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा प्रहरी निरीक्षक तेजबहादुर खत्री खटाइएका छन् । त्यहाँ कार्यरत निरीक्षक अमृत भण्डारी प्रदेश ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएका छन् ।

सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजाराम यादव इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देही पठाइएका छन् । त्यहाँका इस्पेक्टर देवेन्द्रकुमार मल्ल लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, कोहलपुर पठाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077