Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३० लाखको चेक बाउन्स मुद्धाका फरार लिम्बु सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतबाट ५ दिन कैद र ३० लाख जरिवाना तोकेपछि फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले ३० हजार जरिवाना गरेपछि फरार रहेका काठमाडौँको बूढानीलकण्ठका ४६ बर्षीय अन्दीराम इजम लिम्बुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० गतेको फैसलापछि ५ दिन कैद र बिगोबमोजिम ३० लाख जरिवानापछि फरार रहेका लिम्बु शुक्रबार भक्तपुरको नयाँठिमीबाट पक्राउ परेका हुन्।

पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077