Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फेसबुकमार्फत् युवतीहरुसँग नग्न तस्बिर माग्ने लव खड्की साइबर ब्यूरोको फन्दामा

काठमाडौं । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ भोटेबहालका २० बर्षीय लव खड्की रहेका छन्।

ब्यूरोका अनुसार पक्राउ परेका लवले फेसबुक र इन्स्टाग्राममार्फत् नाबालिका र युवतीहरुलाई नग्न तस्बिरहरु पठाउन धम्की दिने गरेका थिए।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077