Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माल्दिभ्सको शीर्ष डिभिजन लिग खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान

    माल्दिभ्सको शीर्ष डिभिजन लिग खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् । कप्तान किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने पक्का भएको हो ।

    त्यसका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । किरणले यसअघि भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेल्दै आएको थिए । पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन् ।



    नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन् । उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८–१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए ।



    किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो । किरणले नेपालबाट मच्छिन्द्र, थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए ।

    किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । किरण ए डिभिजन लिगमा सहभागी नहुने निर्णयका साथ विकल्पको खोजीम थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार