Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली गोलरक्षक चेम्जोङलाई पहेँलो कार्ड, संयमित भएर खेल्न रेफ्रीको सुझाव

    नेपाली गोलरक्षक चेम्जोङलाई पहेँलो कार्ड, संयमित भएर खेल्न रेफ्रीको सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई पहेंलो कार्ड दिइएको छ। किरणले आफ्नो स्थान छाडेर बल क्लियर गर्ने क्रममा भारतीय खेलाडीलाई मैदानमा लडाएपछि पहेंलो कार्ड पाएका हुन्।

    खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।



    पहिलो हाफ अन्तर्गत खेलको ३६ औं मिनटमा नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल  गरेका हुन् । भारतका चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् । अन्जानको यो पांचौं अन्तराष्ट्रिय गोल हो।



    खेलमा दोस्रो हाफ चलिरहेको छ।  माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।

    फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार