Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अञ्जनको ह्याट्रिक गोलमा बंगलादेशमाथि नेपालको सानदार जित

    अञ्जनको ह्याट्रिक गोलमा बंगलादेशमाथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 711
    SHARES

    काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।

    दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन–एक गोलले पराजित गरेको हो । नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे ।



    उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे । योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् ।



    यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार