Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल भर्सेस मोरिसस: पहिलो हाफमा घरेलु टोलीलाई १-० को अग्रता, किरणले रोके पेनाल्टी

    नेपाल भर्सेस मोरिसस: पहिलो हाफमा घरेलु टोलीलाई १-० को अग्रता, किरणले रोके पेनाल्टी

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । घरेलु टोली नेपालले अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ । खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।



    यस्तै खेलको १३ औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।



    नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।

    नेपाल आज मोरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा रहेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार