Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल भर्सेस मोरिसस: घरेलु टोली १-० ले बिजयी, कप्तान किरण बने ‘म्यान अफ द म्याच’

    नेपाल भर्सेस मोरिसस: घरेलु टोली १-० ले बिजयी, कप्तान किरण बने ‘म्यान अफ द म्याच’

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । घरेलु टोली नेपालले अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ।

    मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल १-० ले बिजयी भएको हो। खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । बाँकी समय दुवै टोलीलेथप गोल गर्न नसकेपछि घरेलु टोलीले जित हात पारेको हो।



    यता, खेलको १३ औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।



    पहिलो हाफमा एक शुन्यले अघि रहेको खेलको दोस्रो हाफ भने निकै तनाबपूर्ण बनेको थियो। दोस्रो हाफमा घरेलु टोलीका फरवार्ड अन्जन बिस्टलाई बिपक्षीले लडाएपछि उत्पन भएको विवादमा कार्डको बर्षा नै भएको थियो ।

    तनाब सिर्जना भएपछि खेलाडीहरुलाई रातो कार्ड दिइएको थियो । रातो कार्ड पाउनेमा नेपालका गोल किपिङ्ग कोच ‘बिकास मल्ल’सहित पुजन उपरकोटी र मोरिससका दुई खेलाडी छन्। खेलको म्यान अफ द म्याच कप्तान किरण चेम्जोङ्ग चुनिए।

    शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार