Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रंगशालामा तनाब: नेपालका प्रशिक्षकसहित तीन खेलाडीलाई रेड कार्ड

    रंगशालामा तनाब: नेपालका प्रशिक्षकसहित तीन खेलाडीलाई रेड कार्ड

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । घरेलु टोली नेपाल र अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा निकै तनाबपूर्ण स्थतिको सिर्जना भएको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा घरेलु टोलीका फरवार्ड अन्जन बिस्टलाई बिपक्षीले लडाएपछि उत्पन भएको विवादमा कार्डको बर्षा नै भएको छ।



    तनाब सिर्जना भएपछि खेलाडीहरुलाई रातो कार्ड दिइएको थियो । रातो कार्ड पाउनेमा नेपालका गोल किपिङ्ग कोच ‘बिकास मल्ल’सहित पुजन उपरकोटी र मोरिससका दुई खेलाडी छन्।



    अहिले नेपाल दश र मोरिसस ९ खेलाडीमा सिमित छ। हालसम्म नेपालले १-० गोलको अग्रता बनाएको छ । खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार