Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • किरण चेम्जोङ पञ्जाव एफसीमा अनुबन्ध

    किरण चेम्जोङ पञ्जाव एफसीमा अनुबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 714
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् ।

    भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो।



    पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको छ । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो ।



    यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।

    आई लिगमा पञ्जावमा पहिलो रोजाइका लागि खेलेका किरणले आईएसएलमा पनि पहिलो रोजाइसँग खेल्ने सम्भावना छ । त्यो भएमा उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार