Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘यसकारण मेसीले नै जित्नेछन् बालोन डी’ओर’

एजेन्सी । वर्ष २०२१ को बालोन डी’ओरबारे धेरै चर्चा भइरहेको छ। बालोन डी’ओर वर्षको उत्कृष्ट खेलाडीलाई दिइने सबैभन्दा प्रतिष्ठित अवार्ड हो।

यस वर्ष बालोन डीओरको मुख्य दाबेदारका रुपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, करिम बेन्जेमा र जर्जिन्हो रहेका छन्। तीमध्ये पनि मेसी र लेवान्डोस्कीलाई अझ बलियो दाबेदार मानिएको छ।

यहाँ हामी मेसीले बालोन डी’ओर जित्ने ७ कारणबारे जानकारी गराउँदै छौं।

१. कोपा अमेरिका उपाधि

मेसीको कप्तानीमा अर्जेनिटानाले कोपा अमेरिकाको उपाधि जितेको छ। उनले राष्ट्रिय टोलीबाट पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन्। कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितपछि अर्का प्रतिस्पर्धी लेवान्डोस्कलीले आफूले अवार्ड जित्ने अवस्था कठिन भएको बताएका थिए।

२. बालोन डी’ओर वर्षमा सबैभन्दा बढी गोल गर्नेलाई मात्र दिइँदैन

वर्ष २०२१ को तथ्याङ्क हेर्न हो भने मेसीको भन्दा बढी गोल लेवान्डोस्कीले गरेका छन्। तर यो प्रतिष्ठित अवार्ड सधैं गोल संख्याका आधारमा मात्र दिँँदैन। त्यसका लागि छुट्टै अवार्ड हुन्छ। त्यस्तै बालोन डी’ओर टिममबाट धेरै उपाधि जित्नेलाई पनि दिइँदैन।

३. लेवान्डोस्कीको अन्तरवार्ता

बालोन डी’ओरमा मेसीको सबैभन्दा कडा प्रतिस्पर्धी हुन् लेवान्डोस्की। तर अन्तरवार्ताहरुमा उनले अवार्ड आफूले नजित्ने आशय व्यक्त गरिरहेका छन्।
विश्वका छनोटको एक खेल अघि उनले भनेका थिए ः
‘मैले बालोन डी’ओरबारे धेरै सोच्न छोडिसकेको छु। यसले मलाई अवार्ड जित्नका लागि पक्कै मद्धत गर्दैन। म अरु नै कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु।’

४. विश्वसनीय स्रोतहरुको रिपोर्ट

पछिल्लो २ हप्तामा विभिन्न मिडिया रिपोर्टहरुले मेसीले बालोन डी’ओर जित्ने दाबी गरेका छन्। केही विश्वसनीय स्रोतहरुले पनि यसको पुष्टि गरेका छन्। पोर्चुगलको एक टेलिभिजनले मेसीलाई अवार्ड जितेकोबारे फ्रान्स फुटबलले जानकारी गराइसकेको उल्लेख गरेको थियो।

५. मेसीका आसेपासेहरुको दाबी

मेसीका निकट मानिसहरु उनले अवार्ड जितेको विषयमा जानकारजस्तो देखिन्छन्। उनी निकट खेलाडीहरुले यसबारे केही क्लुहरु दिएका छन्। स्पेनिस पत्रकार फ्रान्सेस्क अगुइलार केही समयअघि ट्विटरमाफर्त यसतर्फ संकेत गरेका थिए। उनलाई मेसीको निकै निकटतम पत्रकार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077