Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

धर्मछोरीलाई बलात्कार गरेको कसुरमा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा धर्मछोरी बलात्कार कसुरमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ।

आफैँले जन्मदर्ता गरिदिएर पाल्दै आएकी १५ वर्षीया धर्म छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको आज बिहान मृत्यु भएको हो ।

'प्रेसर लो' भएपछि उनलाई कोसी अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

पोखरेलका अनुसार मृतक कैदी शर्मा कारागार भित्रको मन्दिर भित्र पुजा गर्ने पुजारी पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077