Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१८ वर्ष माथिका सबैलाई खोप लगाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अबदेखि देशैभर १८ वर्ष माथिका सबैलाई दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुका अनुसार सरकारको उक्त निर्णयपछि प्रदेशहरूमा खोप पठाउने काम भइरहेको छ।

झन्डै ३६ लाख खोप हाल उपलब्ध रहेको र जिल्ला एवम् स्थानीय तहहरूसँग समन्वय गरेर आवश्यकता अनुसार खोप कार्यक्रम सञ्चालन गर्न प्रदेशहरूलाई जानकारी दिएको मन्त्रालयले जनाएको छ।

यस्तै, खोप लगाउन बाँकी रहेका १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप पनि एक महिनाभित्र आउन सुरु हुने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

यसअघि सरकारले कोरोनाविरुद्धको खोप उमेर र पेसालाई वर्गीकरण गरेर अभियानका रूपमा दिँदै आएको थियो।

खोपको उपलब्धताका आधारमा केही जिल्लाहरूले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरे पनि धेरै जसो जिल्लामा १८ वर्ष माथिका सबैले खोप पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077