Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनमा प्रतिनिधिहरुलाई यस्ता छन् खानाका परिकार (मेनुसहित)

चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ ।

१० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ ।

बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ ।

सेभेन स्टार होटल सौराहाकाका अनुसार तीन छाकमा १०-१० प्रकारका खानाको व्यवस्था हुनेछ । हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ ।

यस्तो छ खानको मेन्यु:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077