Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३९ यात्रु बोकेको बसको पट्टा भाँचीदा २९ जना घाइते

काठमाडौं । दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको प्रदेश ०२–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा बिहान करिब पौने दुई बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस दुर्घटनामा परेको प्रहरीको भनाई छ । घाइतेहरूको उपचार लमही अस्पतालमा भइरहेको र केहीलाई थप उपचारको लागि कोहलपुर पठाइएको छ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। बसमा ३९ यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077