Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक दलमा लाग्ने पत्रकारहरुको सदस्यता खारेज गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलका चुनावमा भाग लिने, महाधिवेशन प्रतिनिधि बन्ने पत्रकारहरुलाई कारबाही गर्ने जनाएको छ ।

पछिल्लो समयमा पत्रकारहरु प्रमुख राजनीतिक दलबाट वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने गरेका समाचार आइरहेपछि महासंघले विज्ञप्ति नै निकालेर राजनीतिक दलमा नलाग्न, लागेमा सदस्यता खारेज नै गर्नसक्ने जनाएको छ ।

‘…महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्।

‘विज्ञप्तिमा भनिएको छ, 'गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेकाले उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी गराउँछौँ ।’

हेर्नुहोस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077