Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दण्डहीनताको अन्त्य गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं।  राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

‘सक्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरुले संशोधित कानुनको अभावमा द्वन्द्वपीडितहरुलाई न्यायको अनुभूति हुनसक्ने गरी काम गर्न अझै सकेका छैनन्,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वपीडित र मानवअधिकारकर्मीहरुको पटक-पटकको खबरदारीपछि पनि दण्डहीनताको अन्त्यको लागि सन्तोषजनक कार्य हुन नसक्नु चिन्ताको विषय भएको छ।’

हेर्नुहोस् आयोगको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077