Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्षमतावान कहलिएका एसएसपी थापा किन बने आँखाको तारो ?

काठमाडौं । नेपाल प्रहरीभित्र चेनअफ कमाण्डमा अब्बल, क्षमतावान र निश्कलंक मानिएका एसएसपी दीपक थापा पटक–पटक सरुवाको सिकार बनिरहेका छन् । प्रहरीमा सामान्यतयः एक वर्षमा सरुवा गर्ने गरिन्छ । तर, थापाको हकमा भने त्यो लागू भएको छैन । उनको एक वर्षको अवधिमा तीन पटक सरुवा भएको छ ।

पछिल्लो समय शनिबार उनलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ । तीन महिनाअघि उनलाई एकेडेमी सरुवा गरिएको थियो । गत वर्ष फागुनमा अपराध महाशाखाबाट उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालसँग विवाद भएपछि उनको महाशाखाबाट आकस्मिक सरुवा भएको थियो ।

प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको विश्वासपात्र भएर काम गरेका उनीविरुद्ध विभिन्न झुटा कुरा गृह मन्त्रालयमा लगाएर उनको सरुवा गर्न लगाइएको थियो ।

वास्तविकता बुझेपछि गृहले फेरि उनलाई प्रहरी प्रधान कार्यालयमै सरुवा गरेको हो । गृहमन्त्री बालकृष्ण खाँडसमक्ष  केहि एसएपपीदेखि एआईजीसम्मले थापाविरुद्ध कुरा लगाएपछि उनी सरुवाको सिकार बन्दै आएको प्रहरीहरु नै बताउँछन् ।

यता, सरुवा रोकाउँदै आएको भनेर विवादमा तानिएका काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।

यसअघि गत वर्ष मंसिर ५ मै उनको सरुवा भएको थियो । तत्कालिन एसएसपी श्यामलाल ज्ञवालीलाई पाँच महिनामै हटाएर एसएसपीमा बढुवा भएको छोटो समयमा नै उनले काठमाडौंको जिम्मेवारी लिएका थिए । तर, त्यतिबेला उनले विभिन्न शक्तिकेन्द्र धाएर सरुवा रोकेका थिए ।

त्यसैगरी महानगरिय प्रहरी परिसर काठमाडौंमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेलको सरुवा भएको छ । पोखरेल यसअघि प्रहरी प्रधान कार्यालयस्थित तालिम निर्देशनलायमा थिए

ललितपुरमा रहेकी किरण बज्राचार्यको भने प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण महाशाखामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077