Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा महाधिवेशन: आज प्रादेशिक क्षेत्रीय अधिवेशन हुँदै

    राप्रपा महाधिवेशन: आज प्रादेशिक क्षेत्रीय अधिवेशन हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।

    महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।



    उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य ९अन्य०, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।



    यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए ।

    राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार